मञ्जुश्री फाइनान्सले एक लाख २९ हजार संस्थापक शेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक सेयरधनी नुमनाथ पौडेलको नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीका अनुसार, पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीले मात्रै उक्त सेयर खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको कित्ता खुलाएर कम्पनीको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

