सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुम्ला शाखाले विद्यालयमा आयोजित समारोहमा स्वेटर हस्तान्तरण गरेको हो ।
ग्रामीण क्षेत्रका विपन्न पृष्ठभूमिका विद्यार्थीलाई जाडोमा विद्यालय आउन सहज बनाउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ । यसबाट विद्यार्थीको नियमित अध्ययनमा सहयोग पुग्ने बैंकको अपेक्षा छ ।
बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंकका अनुसार हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।


