नेपाली बजारमा आज बुधबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेर दुई लाख ८९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज बुधबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको भाउ १०० रुपैयाँले घटेर प्रतितोला चार हजार २५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य फेरबदल र माग–आपूर्तिको अवस्थाअनुसार स्थानीय बजारमा दैनिक मूल्य निर्धारण हुने गर्दछ ।


