Banijya News

सामान्य अंक बढ्यो नेप्से, ४ अर्ब ७१ करोडको कारोबार

1
1.0K Shares

नेप्से परिसूचक आज बिहीबार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्लो ५ कारोबार दिनदेखि बढिरहेको नेप्से बिहीबार ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ ।

१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ ।

नेप्सेसँगै बिहीबार कारोबार रकम पनि बढेको छ । हिजो बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । बेनी हाइड्रोपावरको शेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नति कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top