नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


