Banijya News

नेपाल बैंकको विशेष छुटसहितको आवास कर्जा योजना

1
1.0K Shares

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो ।

उक्त घर कर्जा योजना अर्न्तगत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । आधार दरमा शुन्य दशमलव पाँच प्रतिशत (०.५%) प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ वर्षसम्म हुनेछ, जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ ।

यो कर्जा लिने ग्राहकले बैंकबाट रु ५ लाखसम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो घर कर्जा सुविधा योजनाको अवधि २०८३ कार्तिक १५ गते देखि २०८३ माघ १५ सम्म जम्मा ९० दिनसम्मका लागि रहने छ । नेपाल बैंक लिमिटेड यही कार्तिक ३० गते सोमबार ९० औं वर्षमा प्रवेश गर्दैछ ।

नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालभर २३१ शाखाहरु, २५० एटिएम साथै ५८ एक्सटेन्सन काउन्ट मार्फत करिब ३० लाख ग्राहकहरुलाई वित्तीय सेवा पु–याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पुर्याइरहेको छ ।

1

Scroll to Top