Banijya News

मकर जितुमाया सुरी हाइड्रापावरद्वारा लाभांश घोषणा

1
1.0K Shares

मकर जितुमाया सुरी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६ करोड रुपैयाँको कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसमध्ये १३ प्रतिशतले हुन आउने ९ करोड ८८ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतले हुन आउने ५२ लाख रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

यो लाभांश विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

1

Scroll to Top