Banijya News

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

1
1.0K Shares

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत शुक्रबार करेक्सन भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ । त्यस्तै, बैंकिङ, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज सोमबार ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये बेनी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.५८ प्रतिशत बढेको छ । त्यस्तै, १३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ । कारोबारमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब ५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको करिब २८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

1

Scroll to Top