Banijya News

मुक्तिनाथ कृषि कम्पनीको साढे ६१ लाख कित्ता सेयरको लकइन खुल्ने

1
1.0K Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको छ ।

कम्पनीको संस्थापक समूहको ६० लाख ४५ हजार कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको १ लाख २४ हजार ८५० कित्ता सेयरको लकइन खुल्न लागेको हो ।

उक्त सेयरको लकइन अवधि मंसिर १८ गते सकिने कम्पनीले जनाएको छ । लकइन अवधि समाप्त भएपछि प्रचलित कानुन तथा नियामकीय व्यवस्था बमोजिम ती सेयर कारोबारका लागि खुला हुन सक्नेछन् । कम्पनीको सेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top