नेपाल वेयरहाउजिङ कम्पनीको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ ।
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो मंसिर १९ गतेबाट सकिने जानकारी गराएको हो । जसमा संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता रहेको छ ।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।


