Banijya News

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो ?

1
1.0K Shares

नेपाली बजारमा आज विहीबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनसार, विहीबार सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, विहीबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top