Banijya News

नेप्से बढेसँगै शेयर कारोबार रकममा पनि वृद्धि

1
1.0K Shares

नेप्से परिसूचक बुधबार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्से पसरिसूचक आज बुधबार ८.७० अंक बढेर २६४७.६५ विन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ ।

नेप्स बढेसँगै कारोबार रकम पनि बढेको छ । हिजो मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज बुधबार ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशत बढेको छ । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, कुमारी बैंकको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

1

Scroll to Top