भारतको प्रमुख गाडी उत्पादकमध्ये एक महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नयाँ मोड्युलर एनयू आईक्यू प्लेटफर्म सार्वजनिक गरेको छ ।
महिन्द्राले नयाँ प्लेटफर्ममा आधारित चार मोडेलका गाडी उत्पादन थाल्ने भएको छ । महिन्द्राले नेक्सट जेनेरेसन (अर्को पुस्ता) उत्पादनको झलक प्रदान गरेको बताइएको छ ।
एनयू आईक्यू प्लेटफर्म क्रान्तिकारी उत्पादन सिर्जना गरेर र उपभोक्तालाई सम्झौताबाट मुक्त गरेर अटोमोटिभ क्षेत्रमा कम्पनीको रणनीतिबाट उदाएको महिन्द्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चार नयाँ एसयूभीमा भिजन एस, भिजन टी, भिजन एसएक्सटी र भिजन एक्स रहेका छन् । यसमा महिन्द्राको टर्न अन डिजाइन, अनट्याप पावर, विश्वस्तरीय सुरक्षाका साथै परिष्कृतजस्ता मुख्य विशेषता रहेको विज्ञप्तिमा जनाइएको छ ।
कम्पनीले विश्वव्यापी डिजाइन स्टुडियोद्वारा विकसित यी अवधारणा सन् २०२७ मा उत्पादन सुरु हुने भएका छन् । जसले भारतीय र विश्वव्यापी बजार दुवैमा प्रिमियम एसयूभी अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ ।
नयाँ गाडी उत्पादन रणनीतिले भारतमा लक्जरी एसयूभी प्रदान गर्ने महिन्द्राको योजनालाई अघि बढाउने भएको छ । जबकि, लेफ्ट ह्यान्ड ड्राइभसहित विश्वव्यापी बजारमा प्रिमियम एसयूभीलाई पुनः परिभाषित गर्ने दाबी महिन्द्राको छ ।
महिन्द्राका अटोमोटिभ बिजनेसका अध्यक्ष तथा महिन्द्रा इलेक्ट्रिक अटोमोबाइल लिमिटेडका प्रबन्ध निर्देशक आर भेलुसामीले एनयू आईक्यू विश्वव्यापी रूपमा महिन्द्रा एसयूभीको भविष्यका निम्ति एक रणनीतिक खाका भएको बताएका छन् ।
उनले यसको मोड्युलरका साथै डिजाइन गरिएको एनयू आईक्यूले अर्को पुस्ताको एसयूभीका निम्ति जग बनाउने जानकारी दिएका छन् ।


