Banijya News

नाडा सोमा नयाँ नामी भिगो सार्वजनिक, कति छ मूल्य ?

1
1.5K Shares

नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरी एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको नामीले जनाएको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार रहेको बताइएको छ।

नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ। यो E2 र E2+ गरी दुई भेरियन्टमा उपलब्ध छ, जस मध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ।

नामी भिगो सेग्मेन्ट फर्स्ट फिचरका साथमा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्‍याएको बताएको छ। यसमा मौलिक ‘हेभन एण्ड अर्थ’ टेलगेटका साथै उपभोक्ताको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरी सिट समावेश छ। डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्टलाइ टिङ छ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ। चार्जिङको लागि यसले 3C फास्ट चार्जिङ (१६७ DC) सपोर्ट गर्छ, जसले ३०% बाट ८०% चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेक यात्रालाई रमाइलो बनाउन र आउट डुअर फनका लागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ।

त्यस्तै, नामी ०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ। यसमा लेभल 2 ADAS, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेडर भेन्टिलेटेड सिट छ। कारले उपभोक्तालाई वेलकम साउण्डले स्वागत गर्छ। कम्पनीका अनुसार R18 टायर, अटोमेटिकहाई/लोबीमहेड लाइटर हेडलाइटडिले अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ। यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल सञ्चालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन्। अडाप्टी भक्रु जकन्ट्रोलर ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेससहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो।

नामी भिगोको डिजाइन आकर्षक छ, जसमा ‘म्याजिक क्युब’ एक्सटेरियर, T-आकारका एलईडी हेड लाइट, ट्राइएंगुलर पिक्सेलटेल लाइट र डुअल–टोन १८ इन्च रिम्स छन्। इन्टेरिय र पनि उत्कृष्ट छ, जसमा मिनी मलिस्टर स्मार्ट केबिन, १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिनर ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाई-फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटा मुनरुफ (E2+) र एउटा ३६० डिग्रीको क्यामरा समावेश छन्।

नामी भिगो E2 भेरियन्टको लन्च मूल्य ३८ लाख ९९ हजार र E2+ भेरियन्टको ४१ लाख ९९ हजार रुपैयाँ छ।

नाडा अटो सोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ। सोको अवधिमा, नामीभिगो E2 भेरियन्ट ३७ लाख ९९ हजार र E2+ भेरियन्ट ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। नाडा अटो सो २०२५का आगन्तुकलाई नामी भिगोको प्रत्यक्ष अनुभव गर्न र नेपालको विद्युतीय गतिशीलता क्रान्तिको अर्को कदमको साक्षी बन्न आमन्त्रण गरेको कम्पनीले जनाएको छ।

1

Scroll to Top