नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालको ‘लोन टू भ्यालु’ (एलटीभी) रेसियो सवारी साधनअनुसार परिमार्जन गर्न सकिने बताएका छन् ।
नाडा अटोमोबाइल डिलर्स एसोसिएसनले आयोजना गरेको १७औँ नाडा अटो शोमा ‘कर्जा नीतिमा स्थिरता : अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले एलटीभी रेसियोमा केही हेरफेर गर्न सकिने बताएका हुन् ।
उनले यस क्षेत्रमा २०० अर्ब कर्जा गएको जानकारी दिए । उनले बैंक वित्तीय संस्थाले मात्र नभएर विशिष्टीकृत संस्थाले पनि कर्जा प्रवाह गरेको बताए ।
धेरै देशमा हायर प्रचेज कर्जा ४०–६० प्रतिशत नै प्रवाह गर्ने गरेको उनले बताए । “एलटीभी रेसियोलाई व्यावसायिक र व्यक्तिगतमा फरक गर्न सकिन्छ,” उनले भने ।


