Banijya News

जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त

1
1.5K Shares

जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त भएका छन् । एलआरआर मोटरले उनलाई शुक्रबार एक कार्यक्रमका बीच एम्बेस्डर नियुक्त गरेको हो ।

कार्यक्रममा बोल्दै नवनियुक्त एम्बेस्डर लामाले जेवाई एयर गाडीमा चडदा प्लेनको ककपिटमा चडे जस्तै भएको अनुभव सुनाए । ‘यस गाडीको थिम एयरलाइन्सको जस्तै छ’ उनले भने ।

एलआरआर मोटरले गत भदौ ३ गते मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको हो । जेवाई एयर अल्ट्राको बजार मूल्य ६८ लाख रुपैयाँ छ भने अटो शोमा ६४.९९ लाखमा अफर दिइएको छ । यसको ब्याट्री चार्ज क्षमता प्रति घण्टा ६४ किलोबाट छ । मोटर पावर ९९ किलोबाट । किलोमिटर रेन्ज ४४० छ ।

जेवाई एयर लाइटको ५४ लाख रुपैयाँ छ तर, शोमा ४९.९९ लाख रुपैयाँमा अफर दिइएको छ । यसको ब्याट्री चार्ज क्षमता प्रति घण्टा ६४ किलोबाट छ । मोटर पावर ९९ किलोबाट । किलोमिटर रेन्ज ३५५ छ ।

जेवाई एयर गाडी एयरलाइन्सबाट नै इन्सपायर भएर निर्माण गरिएको हो । जसको सीटमा बस्दा एयरलाइन्सको क्याबिनमा बसेजस्तो फिल हुन्छ । यो गाडी प्रिमियम हो । तर, मूल्य भने मास भेरियन्टकै गाडीको सरह रहेको छ । यस गाडीको सेफ्टी र लक्जरीमा कुनै कम्पर्माइज छैन । यो गाडी हालसालै उत्पादन भएको हो । जसको माग विश्वबजारमा अत्याधिक रहेको कम्पनीले दाबी गरेको छ । मोटरले सोही दिन जिली पनि सार्वजनिक गरेको थियो ।

1

Scroll to Top