Banijya News

सीजी मोटर्सको नयाँ फ्ल्यागसिप शोरूम सञ्चालनमा

1
1.0K Shares

सिजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोनको नयाँ फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी इन्टरनेसनल र जीएसी आयोनका प्रतिनिधि रेमन वङले संयुक्त रूपमा गरेका हुन् । यो शोरुम गत वर्षको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको थियो ।

शोरुम उद्घाटन कार्यक्रममा निर्भाना चौधरीले आन्दोलनका क्रममा जलेको पुरानो शोरुम सम्झिँदै भावुक बनिन् । उनले उक्त शोरुमलाई नेपालकै आइकोनिक शोरुम बनाउने सपना रहेको उल्लेख गर्दै त्यसको विनाशले आफूलाई सबैभन्दा बढी पीडा दिएको बताइन् । तर, त्यही पीडालाई अवसरमा बदल्दै कम्पनीले अझ आधुनिक, ठूलो र ‘हाइटेक’ फ्ल्यागसिप केन्द्र निर्माण गरेको उनको भनाइ थियो ।

कम्पनीका अनुसार नयाँ शोरुम केवल सवारी बिक्री केन्द्र नभई ‘स्मार्ट मोबिलिटी एक्सपिरियन्स सेन्टर’ का रूपमा विकास गरिएको छ, जहाँ ग्राहकले प्रिमियम ईभी अनुभव, टेस्ट ड्राइभ, अत्याधुनिक बिक्रीपछिको सेवा र चार्जिङ सपोर्ट एकै स्थानमा पाउनेछन् ।

नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारलाई लक्षित गर्दै सिजी मोटर्सले आयोन वाई र आयोन भी जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीमार्फत बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीति लिएको छ ।

विशेषगरी आयोन भीलाई लामो दूरी र प्रिमियम अनुभव खोज्ने ग्राहक लक्षित मोडलका रूपमा प्रस्तुत गरिएको छ । यसमा ७५.३ किलोवाट आवर ब्याट्री, १०० किलोवाट मोटर र ६५० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ । त्यस्तै, आयोन वाई पारिवारिक प्रयोगका लागि डिजाइन गरिएको स्टाइलिस तथा सहज ईभीका रूपमा बजारमा लोकप्रिय बन्दै गएको बताइएको छ ।

हाल कम्पनीले नेपालभर २६० भन्दा बढी स्थानमा चार्जिङ नेटवर्क विस्तार गरिसकेको दाबी गरेको छ ।

1

Scroll to Top