Banijya News

सांग्रिला मोटर्सले घटायो लिपमोटर बी१० को मूल्य

1
1.0K Shares

नेपालको अटोमोबाइल बजारमा बढ्दो इलेक्ट्रिक सवारी साधनको मागलाई मध्यनजर गर्दै सांग्रिला मोटर्सले एक विशेष निर्णय सार्वजनिक गरेको छ। नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी१०’  को टप भेरियन्टको मूल्यमा उल्लेख्य कटौती गर्दै नयाँ परिमार्जित मूल्य घोषणा गरेको हो।

सरकारले लागु गरेको नयाँ कर संरचनाको प्रत्यक्ष लाभ ग्राहकवर्गसम्म पुर्‍याउने उद्देश्यका साथ कम्पनीले यो कदम चालेको जनाएको छ।कम्पनीका अनुसार सन् २०२६ मोडलको यस प्रिमियम ईभीको मूल्यमा सिधै ५ लाख रुपैयाँ घटाइएको छ। यसअघि बजारमा साविकको मूल्य ६० लाख रुपैयाँ तोकिएको यस गाडीलाई अब ग्राहकहरूले मात्र ५४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले यो नयाँ र सुलभ मूल्यले नेपाली सडकमा वातावरणमैत्री र आधुनिक प्रविधियुक्त सवारी साधनको पहुँचलाई अझ व्यापक बनाउने विश्वास व्यक्त गरे । उनले भने— “लिपमोटर बी१० को मूल्यमा ५ लाख रुपैयाँ कम गरी ५४.९९ लाख कायम गर्नुले नेपाली ग्राहकहरूमाझ अत्यन्तै सुलभ मूल्यमा विश्वस्तरीय र परिष्कृत इलेक्ट्रिक मोबिलिटी भित्र्याउने हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्दछ।”

विशेषताका हिसाबले लिपमोटर बी१० ले आधुनिक एसयूभी प्याकेजमा इन्टेलिजेन्ट टेक्नोलोजी, प्रिमियम आराम र उत्कृष्ट कार्यक्षमताको बेजोड संयोजन प्रस्तुत गरेको छ। प्रविधि र रेन्जलाई प्राथमिकता दिने ग्राहकका लागि यसको टप भेरियन्टमा ६७.१ किलोवाट आवर क्षमताको शक्तिशाली एलएफपी ब्याट्री प्याक जडान गरिएको छ। साथै, यसमा १६० किलोवाटको दमदार मोटर पावर उपलब्ध रहेकाले यसले नेपाली भूभाग र सडकहरूमा उत्कृष्ट र सुचारु गति प्रदान गर्ने कम्पनीको दाबी छ। नयाँ मूल्य निर्धारणसँगै यो प्रिमियम इलेक्ट्रिक एसयूभीले नेपाली अटो बजारमा बलियो प्रतिस्पर्धा गर्ने र ग्राहकहरूको मन जित्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top