एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच बैंकका ग्राहकलाई बीएमडब्लु ब्राण्डका विभिन्न गाडी खरिदमा सहुलियतपूर्ण ब्याजदर तथा विशेष सुविधा उपलब्ध गराउने समझदारी भएको छ ।
समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकले लक्ष्मी प्रिमियम मोटर्समार्फत बिक्री हुने बीएमडब्लुका विभिन्न गाडी खरिद गर्दा परिवर्तनीय ब्याजदरमा औसत आधार दरमा थप १ प्रतिशत ब्याजमा सवारी कर्जा लिन सक्नेछन् । त्यस्तै, स्थिर ब्याजदर रोज्ने ग्राहकले ७ वर्षसम्मका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
सो समझदारीपत्रमा बैंकका तर्फबाट चिफ बिजनेस अफिसर–रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका तर्फबाट डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैंकका अनुसार प्रशासनिक सेवा शुल्कमा २५ बेसिस प्वाइन्ट छुटसमेत उपलब्ध हुनेछ । साथै, कर्जा स्वीकृति तथा वितरण प्रक्रिया छिटो र सहज बनाइने जनाइएको छ । बैंकले यो सहकार्यबाट ग्राहकलाई बीएमडब्लु ब्राण्डका गाडी आकर्षक ब्याजदर र सहज कर्जा प्रक्रियामार्फत खरिद गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

