May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

बढ्यो सुनको मूल्य, घट्यो चाँदीको

बढ्यो सुनको मूल्य, घट्यो चाँदीको

नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदी भने घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ३ सय ६५ रुपैयाँ रहेको थियो ।

 

Advertisement