Banijya News

एकै गाँउबाट तीन करोड सम्म गोलभेंडा बिक्रीः भारतमा पनि निकासी हुँदै

1
1.1K Shares

२३ मंसिर, २०७६, काठमाण्डौ । धनकुटा नगरपालिका ९ स्थित बेलहारा गाउँका किसान अहिले धेरै खुसि छन् । तीन सयभन्दा बढी किसानले गरिरहेको व्यावसायिक खेतीबाट सिजनमा तीन करोड रुपैयाँभन्दा बढीको गोलभेंडा उत्पादन भइरहेको छ । जसले गर्दा गाउँका किसानलाइ गोलभेंडा बेच्न भ्याइनभ्याई छ । त्यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै गोलभेंडा हो ।
धेरैजसो किसानले वार्षिक रुपमा कम्तीमा २० क्विन्टलसम्म गोलभेंडा उत्पादन गरिरहेका छन् । दैनिक दर्जन बढी ढुवानीका साधनले गोलभेंडा ओसार्ने गरेका छन् । उत्पादित गोलभेंडाको मुख्य बजार धरान, विराटनगर, बिर्तामोड, गोलबजार, जनकपुर मात्र हैन भारतसम्म पनि निकासी हुँदै आएको छ ।
अन्य नगदेबालीभन्दा गोलभेंडामा कृषक आकर्षित छन र यही खेतीबाट किसानले सोचे जस्तो आम्दानी गरीरहेका छन्  । हरेक सिजनमा गाउँबाट ६ हजार क्विन्टल गोलभेंडा उत्पादन हुने गरेको छ ।
बारीमा नै प्रतिकेजी ५० रुपैयाँमा गोलभेंडा बिक्री भइरहेको छ । १५ वर्षअघिदेखि उक्त गाउँमा व्यावसायिक गोलभेंडा खेतीको सुरुवात भएको हो ।
माघ देखि जेठ बाहेक हरेक महिना गाउँमा गोलभेंडा उत्पादन गरिन्छ ।

1

Scroll to Top