Banijya News

भारतले निकासीमा अवरोध गरेपछि प्याजको आयात हृवात्तै घट्यो

1
1.1K Shares

मंसिर २५, २०७६ काठमाडौं । प्याजको मुल्य आकासीएपछि गत असोजबाट भारतले निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले निकासीमा प्रतिबन्ध लगाएपछि प्याजको आयात भने घटेको छ । यसरी मूल्य आकासिएको प्याजको आयत भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ६६ लाख ५६ हजार मुल्य बराबरको ४५ हजार ३ सय ५२ टन प्याज भारत लगायतका तेस्रो मुलुकबाट आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड ५२ लाख ५६ हजार रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ५८ करोड १९ लाख १२ हजार रुपैयाँ बराबरको प्याज आयात भएको थियो । चार महिनाका अवधिमा भारतबाट ४४ हजार ९ सय ९३ टन आयात भएको छ । गत वर्षको सोही अवधिमा भारतबाट ५४ हजार ४ सय १४ टन अयात भएको थियो । यस्तै चालु आर्थिक वर्षमा चीनबाट १ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको ३ सय ४६ टन आयात भएको भन्सार विभागको तथ्याङकले देखाउँछ । भरतले निकासी रोकेपछि नेपाली बजारमा प्याजको खुद्रा मुल्य बढेर २ सय ५० पुगेको थियो । कालीमाटी फलफुल तथा तरकारी बजारले प्याजको खुद्रा मुल्य १ सय ८५ तोकपनि व्यापारीहरुले भने २ सय बढी रुपैयाँमा बिक्री गरीरहेका छन् ।

1

Scroll to Top