०९ पौष, २०७६, काठमाण्डौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ६ सय बढेको छ । सुन हिजो प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज भने प्रतितोला ७२ हजार आठ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार, आज तेजावी सुन तोलाको ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी हिजो प्रतितोला आठ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ८५ रुपैयाँ पुगेको छ ।


