पुस २७ , काठमाडौं ।
एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले १ लाख ८ हजार ७३३.१३ कित्ता सर्वसाधारण समूहको शेयर लिलाम गरी बिक्री गर्ने भएको छ ।
माघ ५ गते देखि शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हा्े । खरिद गर्नाको निम्ती माघ १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गरि सक्नुपर्नेछ ् । गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १ बराबर १ं५ अनुपातमा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम गरी बिक्री गर्न लागेको हो ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ छ । लगानीकर्ताले १०० वा १०० भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्नेछैन ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र सनराइज बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।


