Banijya News

आरविवि मर्चेन्ट बैंकिङ्ग लि.को ५ औं वार्षिकोत्सव सम्पन्न

1
1.1K Shares

माघ १६, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक श्री निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदको विशिष्ठ आथित्यतामा बुधबार सम्पन्न भएको छ । समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग लि.लाई ५औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँनै यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शी रुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजन गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराउनुभयो । उहाँले मर्चेन्ट बैंकरहरुलाई इङ्गितगर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताउनुभयो ।
समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाईन प्रणली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथावित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटा बेस तयार भैरहेको कुरा जानकारी गराउनुभयो ।
मर्चेन्टका प्रमुखकार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनी लि.ले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैँया बराबरको प्रथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्गलि. संग सम्झौता भएबमोजिम उत्त निष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुखकार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले कम्पनीको ५ औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बाजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंक लि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिनुभयो ।
कार्यक्रममा रा.बा बैंक लि.का नायवप्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशव प्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्र प्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, कम्पनी सचिव भोलानाथ पौडेल, क्षत्रिय प्रमुख सोनीश्रेष्ठ, आन्तरिक लेखा परिक्षण प्रमुख संजय कुमार श्रेष्ठ, शाखा प्रबन्धक युवराज घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको बैंकद्धारा पेशित विज्ञप्तीमा भनिएको छ ।

1

Scroll to Top