Banijya News

मकवानपुर बाणिज्य संघका सचिबको चामल गोदाम सिल

1
1.1K Shares


बैशाख, १८ काठमाडौं ।
कम तौलको चामल बिक्री गरेको भन्दै बिहीबार बजार अनुगमन टोलीले हेटौंडा–२ प्रभाकर पथमा रहेको मणि खाद्यान्न सेन्टरको एउटा गोदाममा सिल गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका सचिव समेत रहेका जगत ब्राण्डका सञ्चालक काव्यमणि अधिकारीले मुसाले बोरा खाएपछि पुनः सिलाई गरिएको बयान टोलीलाई दिएका छन् ।

अनुगमनमा कम तौलको चामल बेचेको पुष्टि भएपछि पसल सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।
बिहीबार भएको संयुक्त बजार अनुगमनको क्रममा सो सेन्टरमा बिक्रीका लागि राखिएको जगत ब्राण्डको चामलमा कम तौल पाइएको थियो ।

1

Scroll to Top