जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निजी क्षेत्रमार्फत प्राप्त आर्थिक सहयोग प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् । मन्त्री पुनले आइतबार ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई निजी क्षेत्रबाट प्राप्त १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


