Banijya News

नेपाल बैंकको पन्ध्र प्रतिशत चुक्ता पूँजी स्टकमा सूचीकृत

1
1.1K Shares

नेपाल बैंक लिमिटेडले चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको बोनश शेयरमा सूचीकरण गरेको छ ।

बैंकको ६० औँ वार्षिक साधारणसभाबाट स्वीकृत चालू आवसम्मको चुक्ता पूँजीबाट रु एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रकम बराबरको एक करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकरण भएको हो ।

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा बोनश शेयर अभौतिकीकरण भएपछि खातामा जाने भएकाले आफ्ना शेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिकका लागि आवह्न गरेको छ ।

1

Scroll to Top