झापा एक्सेल डेभलपमेण्ट बैंकको साधारण सभा आइतवार अर्थात असार १४ गते हुने भएको छ । कम्पनीले सभा होटल टाइमलेस विर्तामोड, झापामा दिउँसो १ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
सभाले १७ दशमलव १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । चैत ६ गतेसम्मका कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।


