Banijya News

गरिमा विकास बैंकद्वारा सवारी कर्जामा असार महिनाको ब्याज छुट

1
1.1K Shares

गरिमा विकास बैंक लिमिटेडले सवारी कर्जामा सेवाग्राहीलाई राहतस्वरुप असार महिनाको ब्याज छुट दिने भएको जनाएको छ।

नेपाल राष्ट्र बैंकको २०७७ वैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको बैंकले जनाएको छ।

सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन्

बैंकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका ऋणीहरुलाई ब्याज छुट दिएको हो।

कोभिड–१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुने विश्वास लिएको  बैंकले जनाएको छ।

1

Scroll to Top