Banijya News

सनराइज बैंकका एकैपटक ५ नयाँ शाखा सञ्चालन

1
1.1K Shares

असार २८, काठमार्डौ ।
सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक ५ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
आइतबार बैंकले एक कार्यक्रम आयोजना गरी उक्त शाखाका उद्घाटन गरेको हो । शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे । सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ ।

1

Scroll to Top