Banijya News

नागरिक लगानी कोषको हकप्रद शेयर निश्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग नियुक्त

1
1.1K Shares

नागरिक लगानी कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ । प्रति शेयर रु.१०० दरले १,३५,९२,५९२ कित्ता हकप्रद शेयरको रु १,३५,९२,५९,२००(अक्षरेपी एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय मात्र) रकम बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

1

Scroll to Top