नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडेको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । पोखरा गएका पाँडेलाई पोखरामै कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।
घरमै आइसोलेसनमा बसेका पाँडेको अवस्था सामान्य रहेको बताएका छन् । उनीसँगै उनका गाडी चालकसमेत संक्रमित भएका थिए । उनको अवस्था समेत सामान्य छ ।


