राष्ट्र बैँकको परिपत्रलगत्तै नबिल बैंकले यूएस डलर नबिल आइकार्ड ल्याएको छ । बैंकमा खाता भएका ग्राहकले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकर्मस साइटमार्फत अनलाइन सपिङ गरी भारतबाहेकका देशमा विश्वभर भुक्तानी गर्न सक्ने भएका छन् ।
कार्ड लिन ग्राहकको खातासँगै प्यान कार्ड अनिवार्य हुनेछ । यस कार्डबाट ग्राहकले एकैपटक वा पटकपटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको परिवर्त्य विदेशी मुद्रा सटही गर्न सक्नेछन् ।


