चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति करिब ६ महिना पछि सारिएको छ । यही चैत २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे प्रर्दशनी कोरोना संक्रमण लगायतका कारणले गर्दा साल भदौ १८ देखि २० गतेसम्म चितवनको भरतपुरमा आयोजना हुनेछ ।
छिमेकी मुलुकहरुमा कोभिडका संक्रमित संख्या बढ्ने क्रममा रहेकोले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गरिएको कृषि विकास बैंकले जनाएको छ ।
प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा विदेशी कम्पनीहरु एवम् देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेहरुलाई पर्न सक्ने स्वास्थ्य एवं आवत जावतमा समस्यालाई मध्यनजर गर्दै प्रदर्शनीको मिति परिवर्तन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।


