नेपाली बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासघका अनुसार आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।
हिजो आइतबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको छ ।


