काठमाडौँ । दशैँ बिदाको अघिल्लो दिन पनि शेयर बजारमा निराशा देखिएको छ । भोलिदेखि हुने विदामा बजारले निराशा छोडेको हो । बिदाको अघिल्लो दिन आज बजार २३.१९ अंकले घटेको हो । ०.८७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३९.३७ अंकमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २१९ कम्पनीका ९३ लाख १४ हजार ७ यस ८० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपियाँ बराबरको कारोबार भएको छ । बजार ओरालो लागेको दिन आज म्युचुअल फण्ड ०.०६ अंक र लगानी समूह ०.९१ अंकले बढे पनि बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७८.९६ अंकले घटेको हो ।


