Banijya News

शेयर बजारमा अढाइ घण्टासम्म पैरो गएर विस्तारै समालिदै

1
1.1K Shares

काठमाडौं– मंगलबार सेयर बजार राताम्मे भएको छ। दसैंपछिको पहिलो दिन आइतबार बढेको बजार सोमबार बैंकहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेसँगै ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार १ बजेर १० मिनेट जाँदा नेप्से ९३.०१ अंकले घटेर २४९५.०५ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १६.९२ अंकले घटेर ४६८.२७ बिन्दुमा पुगेको छ । झन्डै ३२ सय अंकमा पुगेको बजार पछिल्लो समय ओरालो लागिरहेको छ ।

बैंकहरुले तरलताको अभावमा व्याजदर वृद्धि गरेसँगै बजारले ओरालो गति लिएको हो। बैंकहरुले झन्डै १२ प्रतिशत निक्षेपमा नै ब्याज पुर्याएको सूचना प्रवाहित गरिसकेका छन्। धेरै बैंकहरुको ब्याज १० प्रतिशतभन्दा माथि छ। कारोबार रकम पनि कम भएको छ। साढे १ बजेसम्ममा सेयर बजारमा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ।

1

Scroll to Top