नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा ’एसएमई फाइनान्सिएर अफ द इयर–एशिया’ अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ ।
नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणको लागि जी २० को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो ।
आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिदै आएको छ ।
एसएमईहरु अर्थतन्त्रको मेरुदण्ड हो । हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नवीनतम नीति, तथा प्रकृया मार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउँदै आएको छ ।


