ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौंको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ ।
बैंकले विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलीपराज बरालले स्कुलका विद्यार्थीहरूलाई आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेसनरी सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकको तर्फबाट मार्केटिङ विभाग प्रमुख वसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जितबहादुर गुरुङ तथा नवआदर्श माध्यमिक विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुराज श्रेष्ठ, सह–प्रधानाध्यापकद्वय वैकुण्ठ पौडेल, कृष्णप्रसाद दवाडीलगायत विभिन्न शिक्षक/शिक्षिकाहरूको उपस्थिति थियो ।
विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३ सय जना विद्यार्थीहरूलाई न्युनतम शुल्कमा अध्यापन गराइरहेको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरूका आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले उक्त सहयोग गरिएको बैंकले जनाएको हो ।


