Banijya News

प्रभु बैंक र नेपाल एलपी ग्याँस उद्योग संघबिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्झौता

1
1.1K Shares

प्रभु बैंक लिमिटेड र नेपाल एल .पी ग्याँस उद्योग संघका बिच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता भएको छ ।

हिजो सोमवार प्रभु बैंक लिमिटेडको बबरमहल स्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एल. पी ग्याँस उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र नेपाल एल. पी ग्याँस उद्योग संघका बिच सम्पन्न उक्त सम्झौता अनुसार बैंकले संघमा आवद्ध सदस्यहरुलाई नेपाल आयल निगम बाट एल. पी ग्याँस खरिद र ढुवानी प्रयोजनका लागि पर्चेज डेलिभरी अर्डर जारी गर्न गैर कोषमा आधारित बैंक जमानत कर्जा एवं अन्य सुविधाहरु उपलब्ध गराउने साथै नेपाल एल. पी ग्याँस उद्योग संघका सम्पूर्ण सदस्यहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

उक्त संझौता पश्चात नेपाल एल. पी . ग्याँस उद्योग संघका सदस्यहरु लाभान्वित हुने बिश्वास बैकले लिएको छ ।

1

Scroll to Top