Banijya News

गोठाटारस्थित श्रीकृष्ण बेभरेजको पानीमा ‘एमोनिया’ फेला

1
1.1K Shares

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित एक पानी उद्योगको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘एमोनिया’ फेला पारेको छ । विभागले ७ माघमा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरेको मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको श्रीकृष्ण बेभरेजमा यस्तो कैफियत फेला परेको हो । मोबाइल प्रयोगशालामा गरिएको किट परीक्षण क्रममा उक्त उद्योगको जारको पानीमा एमोनिया पोजिटिभ पाइएको विभागले जनाएको छ ।

यस्तै उद्योगमा काम गर्ने कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र पन्जा नलगाइ जार भर्ने गरेको भेटिएको छ । पानीको प्रारम्भिक परीक्षणमा कैफियत देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम थप प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरेको छ । विभागले उक्त उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ का प्रावधान पूर्णरूपमा पालना गर्न निर्देशन दिएको छ ।

1

Scroll to Top