May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

नबिल बैंकले टियागो ईभी खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने

नबिल बैंकले टियागो ईभी खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने

टियागो ईभीमा नबिल बैंक लिमिटेडले देशभरिका शाखामार्फत ८० प्रतिशतसम्म सहज कर्जा उपलब्ध गराउने भएको छ । सहज कर्जासम्बन्धी समझदारीपत्रमा नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच सम्झौता भएको छ ।

Advertisement

अब टाटा टियागो ईभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंक लिमिटेडको देशभरिका शाखामार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् ।

Advertisement

सम्झौतामा टाटा टियागो ईभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख छ । टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

कम्पनीका अनुसार टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक गाडी हो । हालसम्म यस गाडीका १ हजार ६०० भन्दा बढी ग्राहक रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टियागो ईभी अहिले ५.२९ लाख डाउनपेमेन्टमा नेपाल बजारमा उपलब्ध छ ।