Banijya News

लगानीकर्ताको मनोबल गिर्दा बजार पनि गिरो

1
1.3K Shares

कारोबारको सुरुवातदेखि नै सुस्त गतिमा देखिएको शेयर बजार बुधवार झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ०.४२ अङ्कले बढेर १२१४.०५ अंकमा उक्लिएको छ । बजार सामान्य अङ्कले बढेको भएपनि लगानीकर्ताको मनोवल अझै उठ्न सकेको छैन । लगानीकर्ताको मनोवल कमजोर भएका कारण शेयर बजार सामान्य अवस्थामा देखिएको हो । पूँजीगत लाभकर लगायतका विषयको अझै टुङ्गो नलागेका कारण बजारले उल्लेखनीय गति लिन नसकेको हो । अझैपनि लगानीकर्ताले वास्तविक रूपमा आफैले भारित औसतमा शेयरको हिसाब किताब गर्न सकेका छैनन् । त्यसमा मूल्यको घोषणा समेत आफैले गर्नु पर्दा लगानीकर्तामा अन्योलता देखिएको छ । सरकार र सरोकारवालाले जसको समाधानमा समयमै नगरिदिएका कारण शेयर बजारमा लगानीकर्ताको मनोबल खस्किएको हो ।
बुधवार १६१ कम्पनीका १२ लाख ७० हजार कित्ता शेयर २९ करोड २६ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी शेयर कारोबार सोल्टी होटेलको भएको छ। कम्पनीको मात्रै चार करोड २० लाख रुपैयाँको शेयर कारोबार भयो। कारोबार रकमकै आधारमा माछापुछ्रे बैंक दोस्रो भएको छ। उसको दुई करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

बुधवार १२ समूहको शेयर कारोबार भयो । जसमा आठ समूहको उपसूचक घट्यो भने चार समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी ट्रेडिङ समूहमा २.५६ अङ्कको वृद्धि भएको छ भने होटेल समूहको उपसूचक ०.७५ अङ्कले घटेको छ। बुधवारको कारोबारमा विशाल बजार कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत कमाए भने गणपति माइक्रो फाइनान्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।

1

Scroll to Top