Banijya News

कुमारी बैंकद्वारा सहयोग

1
1.2K Shares

२८ कात्तिक २०७६, काठमाण्डौ ।
कुमारी बैंकले लामाटार ललितपुरस्थित ज्ञान ज्योति आधारभूत विद्मालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त सहयोग गरेको हो ।
उक्त विद्मालयका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु(याउने उद्देश्यका साथ बैंकले विद्यालयलाई एक लाखबराबरका शैक्षिक सामग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल व्यागहरू हस्तान्तरण गरेको हो ।

गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक श्रीमती विष्णु भण्डारीलाई एक लाखबराबरको चेक हस्तान्तरण गरेका हुुन् ।


विगत १८ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले, आफ्ना देशभर रहेका एक सय ११ शाखा सञ्जाल, एक सय दुुईवटा एटीएम्, तीनवटा एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्यधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

1

Scroll to Top