Banijya News

सङ्कटग्रस्त नेपाल बैंकको घुमेको साख फर्कियो

1
1.1K Shares

शनिवार ३० कात्तिक २०७६
अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प्राप्तिमा कठिनाई नहुने बताएकाहुन् । उनले भने, “लामो समयसम्म ऋणात्मक पूँजी कोष र उच्च खराब कर्जा अनुपातका कारण सङ्कटग्रस्त अवस्थामा पुगेको नेपाल बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनपछि अहिलेको अवस्थामा आइपुगेको हो, हाल सन्तोषजनक मुनाफा, धनात्मक पूँजीकोष, खराब कर्जाको अनुपातमा कमीले बैंकको गुमेको साख फर्किएको छ ।”

जनताको निक्षेपमा खेलबाड नगर्न निर्देशन दिँदै उनले नियामक निकायलाई पनि गम्भीर भएर काम गर्न अनुरोध गरेका छन् । मन्त्री खतिवडाले नेपाल बैंक सङ्ग्रहालय, देशका विभिन्न भागमा स्थापना भएका १८ वटा शाखा र दुई वटा ‘एक्स्टेन्सन काउन्टर’को दूरनियन्त्रणा प्रणालीबाट उद्घाटन गर्नाका साथै बैंकमा दीर्घसेवा गरेका कर्मचारी, विभिन्न प्रतियोगिताका विजयी खेलाडीलगायतलाई पदक, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

1

Scroll to Top