Banijya News

सुर्खेतमा लक्ष्मी बैंकको ११७ औँ शाखा खुल्यो

1
1.1K Shares

०२ मंसिर, २०७६, काठमाण्डौ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न लक्ष्मी बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ ।
यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

1

Scroll to Top