Banijya News

जनता बैंक नेपाल लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

1
1.1K Shares

०५ मंसिर , २०७६ काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा गत हालै काठमाडौमा सम्पन्न भएको छ ।
दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५(७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ ( अक्षरेपी छयानब्बे करोड चौरानब्बेहजार तीनसय दश र पैसा चौरानब्बे मात्र) बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँश मध्ये ६ प्रतिशत बोनश शेयर तथा ६ प्रतिशत नगद लाभांश हुनेछ ।
सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभा समक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।
मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेड मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भैरहेको छ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।

1

Scroll to Top