Banijya News

प्रभु बैंकको १८ औं साधारण सभा सम्पन्न, १६ प्रतिशत सेयर वोनस वितरण गरिने

1
1.1K Shares

०८ मंसिर, २०७६, काठमाण्डौ । प्रभु बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ मा कायम चुक्ता पूँजीको १६ प्रतिशत बराबरको वोनस सेयर गर्ने बताएको छ ।

संस्थापक सेयरधनीले ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीले ४९ प्रतिशत सेयर स्वामित्व रहेकोमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीले ४९ प्रतिशत सेउर स्वामित्व रहनेगरी प्रवन्धपत्र संशोधन सम्बन्धी प्रस्ताव माथि छलफल गरी पारित गर्ने बैंकले जनाएको छ ।

यसैबीच कार्यक्रममा बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले विश्वव्यापी प्रचलनमा रहेको कमाईको केही अंश समाजलाई फिर्ता मान्यता अनुसार बैंकले विभिन्न सामाजिक कार्यमा लगानी गरेको बताए । भट्टचनका अनुसार बैंकले हाल सम्ममा आँखाको ज्योती फर्काउन गरिने अप्रेसनका लागि नेपाल आँखा अस्पताललाई पाँच लाख, वीर अस्पतालका विरामीका लागि प्रयोग गरिने १५ आधुनिक बेड, बान्गुङ्ग अस्पतालमा सोलार बत्ती जडान गर्न पाँच लाख र सगरमाथा सफाईका लागि १० लाख सहयोग गरेको छ ।

1

Scroll to Top