श्रावण २, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार बाट सम्मानित भएको छ । आर्थिक वर्ष २०७५ र ०७६ को लागि विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फको लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकलाई प्रदान गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त समारोहका विशेष अतिथि महालेखा परिक्षक श्री टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड बैंकिङ्ग क्षेत्र, वित्तीय क्षेत्र, बीमा क्षेत्र,सार्वजनिक क्षेत्र ईकाइ, र सामान्य क्षेत्र गरि विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । हाल मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका सेवा प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।


